पानीजहाज, रेल सबै आउने क्रममा छन्, यो सरकारबाट निराश हुनु पर्दैन : काेमल ओली !

राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ काेमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् ।

न्यूज २४ टेलिभिजनसँगकाे अन्तर्वार्तामा उनले नेकपाले पाएको बहुमतको सही सदुपयोग गर्ने प्रयास भइरहेकाे बताइन् ।

उनले भनिन्, ‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन । सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’

राजनीतिमा आउनुभन्दा पहिले नै बेग्लै छवि बनाइसकेकी ओलीले राजनीति देशको मूल नीति बनाउने र देशलाई मार्ग निर्देश गर्ने नीति भएको बताइन् ।

भिडियाे

Similiar Post