राजपासामु झुक्यो दुईतिहाईको ओली सरकार, हत्या अभियोग लागेका रेशम चौधरीलाई सपथ खुवाइँदै

काठमाडौं – कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्ने भएका छन् ।

चौधरीले बिहीवार बिहान ११ः३० बजे सांसदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका व्यक्ति हुन्।

स्रोतका अनुसार रेशमले सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गर्ने भएका छन् । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आइरहेको थियो ।

Similiar Post