प्रताप दास र मेलिना राइको आवाजमा दिलीप रायमाझी र प्रियंकाको दमदार भिडियो हेर्नुहोस्

नेपाली चलचित्रकी एकदमै चर्चीच अभिनेत्री प्रियंका कार्की र नेपाली मनका ठुकठुकी अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकै साथ अभिनय गरेको भिडियो नयाँ वर्षमा सार्वजनिक भएको छ । “पशुपतीमा सुनैको गजुर” बोलको उक्त गितमा निकै नै मिठो स्वरकी धनी गायिका मेलीना राइ र गायक प्रताव दासले आवाज दिएका छन् । उक्त गित दुर्गा खनालले लेकेखी हुन् भने बसन्त सापकोटको संगितमा तयार भएको गितको भिडियो भने भोजपुरि फिल्ममा एक्सन निर्देशनबाट नाम कामउन सफल भएका चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने गीत र म्युजिक भिडियो मार्फत देखाईएको छ । अभिनेता दिलिप प्रियकां कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतमा देख्न सकिन्छ ।

नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् । गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनीक गरेको छ ।

Similiar Post