बल्ल खुल्यो निर्मला हत्याकाण्ड को खतरनाक रहस्य, पक्राउ परे मुकेश

खुल्यो निर्मला हत्याकाण्डको खतरनाक रहस्य, गड्डाचौकीबाट पक्राउ परे मुकेश गोइतकाठमाडौं । धनुषाकी २२ बर्षीया निर्मलादेवी यादवको हत्याबारे खतरनाक रहस्य खुलेको छ । भाउजूसँगको अबैध सम्बन्ध लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवी यादवको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयोघटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् ।मुकेशको बयानपछि प्रहरीले उनकी भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको छ । मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्यो ।मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिनाअघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद सुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो । आमासमानकी भाउजुसँग अबैध सम्बन्ध रहेको थाहा पाएपछि निर्मला निक्कै दुखित

बनिन ।तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् । घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।श्रीमतीलाई आगो लगाएर भाग्दै गर्दा आइपुगेका नागेले मुकेशको टाउकोमा रडले प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । तर, उनी भाग्न सफल भए । प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मुकेशलाई पक्राउ गरेको छ ।यता दाइजो नल्याएको भन्दै आधा दशकदेखि हिंसा खेपेकी महिलाको हत्या गरिएको दावी महिला समूहले गरेका छन्। संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा महिलाले धर्ना दिएका छन्।गत शुक्रबार रुपन्देहीको बुटवल उपमहानगरपालिका- १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको थियो। मृत्युको अघिल्लो बिहान उनी सासूबाट कुटिएर घाइते भएकी थिइन्।सोही दिन राति १० बजेतिर घरमा रुवाबासी चलेको थियो उनी बिहान झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्ष तथा छिमेकीले लक्ष्मीको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।प्रहरीले घटनामा आरोपित सासूलाई पक्राउ

गरेको छ।तर माइतीपक्षले दिएको किटानी जाहेरी लिएको छैन।अर्घाखाची गोखुङ्गा माइत भएकी लक्ष्मीको सात वर्षअघि बिहे भएको थियो।उनकी ६ वर्षकी छोरी छन्। श्रीमान् रोजगारीका लागि दुबई आउनेजाने गर्छन्। बिहे गरेको ६ महिनादेखिबाट नै लक्ष्मीले सासूको दुव्र्यव्यवहार भोगेको माइती पक्षले जनाएको छ।दाइजो कम ल्याएको भन्दै सासूले कुटपिट गर्दै आएपनि उनले बाहिर नबताएको बुवा डोमबहादुर खत्रीले बताए।’ ६ महिनादेखि नै सासूले दाइजो कम ल्याएको भन्दै हेला गर्दै आएको कुरा खत्रीले बताए।उनले भने, ‘यस्तो गर्लान् भन्ने सोचेकै थिएन।’स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले प्रशासनले न्याय दिन नखोजेको भन्दै महिला धर्नामा आएको बताइन्। बिनायकपुर क्षेत्रका महिलाले इलाका प्रहरी कार्यालयमा न्याय माग्दै धर्ना दिएका छन्।मृतक लक्ष्मीले अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना श्रीमान् अमृत खत्रीलाई ट्याग गर्दै, ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी थिइन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमान्‍ले नै उक्त कुरा हटाएको हुनसक्ने दावी गरेका छन्।नन्दले प्रहरीले समेत आफूलाई केही गर्न नसकेको भन्दै छिमेकीले केही गर्न नसक्ने चेतावनी दिँदै आएको महिलाले बताएका छन्। घटनामा सासू र नन्दको हात रहेको आरोप छिमेकीको छ।प्रहरीले सासूविरुद्ध आत्महत्या गर्न बाध्य बनाएको मुद्धा दायर गरेको छ। इलाका प्रहरी कार्यालयका प्रमुख डिलबहादुर मल्लले मुद्धा दायर गरी अनुसन्धान भइरहेको जानकारी दिए।

Similiar Post