नरिवल पानीको सेवनले पेट दुख्ने र यि समस्याको हुन्छ समाधान

काठमाडौं । तपाईको पेट दुख्छ ? खाना खाने समय नियमित नभएमा पेट दुख्ने गर्दछ । पेटको समस्याले मानिसको शरीरलाई बर्बाद पार्छ । पेट दुख्ने, फुल्ने, ग्यास्ट्रिक बढ्ने, पातलो दिसा हुने, गोटा पर्ने , शरीरमा पानीको कमी हुने पेटको समस्याको संकेत हुन। पेटको समस्या देखा परेमा कस्तो खानेकुराको सेवन गर्न सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

नरिवल पानीको सेवन गरेको खण्डमा पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । नरिवल पानीमा प्रसस्तै मात्रामा पोटासियम र सोडियम पाउने भएको कारणले गर्दा यसको सेवनले पेटलाई आरमा दिन्छ । पेट दुखेको बेलामा काँचो केराको सेवन गरेको खण्डमा पनि निको हुन्छ । काँचो केरामा आइरन, फोलेट, फाइबर हुन्छ जसको कारणले गर्दा पेट दुख्न कम हुन्छ ।

पाचन प्रणालीमा असर देखिएपछि पेट दुख्ने गर्छ । पेट दुखेको बेलामा दहिको पनि सेवन गर्न सकिन्छ । दहिमा पाचन प्रक्रियामा सहयोग गर्ने ब्याक्टेरिया हुने भएको कारणले गर्दा यसको सेवनले शरीरलाई फाईदा गर्छ । पेट दुखेको बेलामा मेवाको पनि सेवगन गर्न सकिन्छ । मेवामा प्रसस्तै मात्रामा इन्जाइम हुने भएको कारणले गर्दा यसको सेवनले पेट दुख्न कम हुन्छ ।

Similiar Post