महान छोरी जसले आफना बुवालाई लिवर दान गरिन सम्मान सोरुप १ शेयर गर्नुहोला

बैशाख ७ -स्कुल पढ्दा एक जना प्रधानाध्यापकले भनेका थिए संसारमा छोरीले जस्तो निस्वार्थ माया आमाबुवालाई कसैले पनि गर्न सक्दैन जबकी उनी स्वंयम एक पुरुष थिए कसैको छोरा थिए । ती प्रधानाध्यापकले भनेका कुराको सत्यता बेला बेलामा देखिँदै आएको पनि छ । यसको मतलब छोराले आफना अभिभावकलाई माया गर्देनन् भन्ने चाही होईन तर तुलनात्मकरुपमा त्यस्तै देखिन्छ । हो आफना आमा बुवाप्रति छोरीको माया कति हुन्छ भनेर भारतकी एक युवतीले देखाएकीछिन् । जसले आफना बुवालाई लिवर दान गरेकीछिन् । कोलकत्ताकी १९ बर्षीया राखी गुप्ताले लिवरको समस्याबाट ग्रसित बुवालाई आफनो ६५ प्रतिशत लिवर दान गरेकी हुन् ।

उनको र बुवाको पेट चिरिएको तस्बिर निकै मन छुने छ । बुवालाई लिवर देखिएपछि क्लिक गरिएको उक्त तस्बिरमा आफनो बुवालाई जीवनदान दिएको खुसी उनको मुहारमा प्रस्ट देखिन्छ । उनको उक्त तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । उनले आफनो कलिलो उमेरमा आफनो भबिष्यको बारेमा पनि केही नसोची बुवालाई लिवर दान गरी पुण्य कमाएकी भन्दै उनको प्रशंसा निकै भईरहेको छ भने उनको जीवन र सुस्वास्थ्यको कामना गर्नेहरु पनि सामाजिक सञ्जालमा ह्वात्तै बढेका छन् ।

यो तस्बिर भारतकै भए पनि यसले विश्वकै आम मानिसहरुलाई ठुलो प्रेरणा दिन्छ की संसारमा आमा बुवा भन्दा ठुलो अरु केही छैन स्वंयम हामीले पुज्ने भगवान पनि । अर्काेतिर छोरी भनेर भ्रुण हत्या गर्ने र जन्मे पनि भेदभाव गर्ने समाजका लागि यो तस्बिर एउटा गतिलो झापड हुन सक्छ ।

Similiar Post