“हामी किसानी” भन्दै रवि र अस्मिताले गाए मीठो गीत (भिडियो सहित)

गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् ।

काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरु देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस।

 

Similiar Post