आदित्य नारायण झा लाइभ इन नेपाल ( फोटो / भिडियो फिचर )

काठमाडौँ – ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा नेपाल आएका आदित्यले गत शनिवार ठमेल स्थित क्लब फरेन्हाइटमा आफ्नो प्रस्तुती दिएका छन् । मध्यरातमा स्टेज चडेका आदित्यले केही आफ्ना र केही ट्रेन्डिङमा रहेका हिन्दी गीत प्रस्तुत गरे ।

उनले आफ्न बुवा उदित नारायण झाका चर्चित कुसुमे रुमाल र यो गाउँको ठिटो म बोलको नेपाली गीत गाए । नेपाल आफ्नो घर हो र नेपाली जनता सबै आफ्ना हुन भन्दै नेपाल टेकेका आदित्यले ‘यसपटक सेड्युल अलि प्याक भएर घुम्न पाइन् , अर्को पटक छिटै आउँछु’ भने ।

सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस

सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन् । उनी बलिउडका गायक र कार्यक्रम होस्ट मात्रै नभई एक्टर समेत हुन् । क्लब फरेनहाइटको आयोजनामा भएको कार्यक्रममा लाइभ प्रस्तुती दिदै उनले आफुलाई नेपालमा निमन्त्रना गरेकोमा धन्यवाद दिएका छन् ।

‘आदित्य नारायण लाइभ इन नेपाल’ मा उनि दोस्रो पटक नेपाल आएका हुन् । उनि ८ वर्ष अगाडी पोखरामा आएका 

Similiar Post