शिल्पाले प्रहरीमा उजुरी दिएपछि छविले दिए यस्तो प्रतिक्रिया

काठमाडौं। चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् । आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ ।

शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ । यस विषयमा छलफल गर्न प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएको थियो ।

आफू प्रहरी परिसर पुगे पनि शिल्पा नआएकाले हिजो छलफल हुन नसकेको छविले बताए । ‘उहाँ हिजो आउनुभएन, त्यसैले प्रहरीले आज बोलाएको थियो । तर म अस्वस्थ भएर आज जान सकिनँ,’ छविले भने ।

छविको भनाइअनुसार गत ८ असारमा दिउँसोको खाना खाएपछि उनीहरुबीच घरायसी विषयमा झगडा भएको थियो । त्यसपछि एकाएक शिल्पा स्कुटर लिएर घरबाट निस्किएको उनले बताए । ‘दिउँसो उनी स्कुटर लिएर निस्किइन् । बेलुका पाँच बजे विकास रौनियार (शिल्पाको बनाएको दाइ) र सम्झना उप्रेती रौनियार (विकासकी पत्नी) आए र उनको लुगाफाटो लिएर गए,’ छविले भने ।

Similiar Post